choosing-ivf-clinic

आफ्नो लागि सही IVF Clinic को छनौट कसरी गर्ने ?

नि:सन्तान हुनु एक दम्पतीको जीवनको निकै कठिन परिस्थिति हो। प्राय: दम्पतीले नि:सन्तान हुने समस्यालाई अपूर्णता र हीनताबोधको रूपमा लिने गर्दछन् त्यसैले यस्तो समस्या देखिइहाले बाँझोपन विशेषज्ञसँग नभई आफू नजिकको वा पहुँचमा रहेको Gynecologist बाट उपचारका लागि परामर्श लिने गर्दछन् जसले गर्दा नि:सन्तान समस्याको निदान, परीक्षण र उपचारको अवधि बढाउने काम मात्र गर्छ। यहाँ हामीले के बुझ्नु जरुरी छ भने एक वर्ष सम्म को प्रयासबाट पनि सन्तान नभएमा सबन्धित नि:सन्तान विज्ञलाई भेट्नु पर्छ । यो सामान्य सबैले भोग्न सक्ने विषय हो । त्यसैले लाज मान्नु पर्दैन र कतिपय दम्पती झैँ हस्पिटलमा आफ्नो परिचय गोप्य पनि राख्नु पर्दैन ।

अब कस्तो क्लिनिक वा हस्पिटलमा जाने भन्ने कुरा चाहिं महत्वपूर्ण हुन्छ । यसले तपाईंको सम्पूर्ण अनुभवलाई निर्धारण गर्छ । क्लिनिकको वातावरण उचित भए र आधुनिक प्रविधिको उपचार भए सन्तान प्राप्तिमा पनि कठिनाइ कम हुन्छ त्यसैले उचित क्लिनिक रोज्न यी कुराहरुमा ध्यान दिनुहोस् ।
 
१. सन्तान प्राप्तिको समस्यामा विज्ञता हासिल गरेको स्त्री रोग विशेषज्ञलाई खोज्नुहोस्: 

क्लिनिकको छनोट गर्ने बेला, उक्त क्लिनिकको चिकित्सकले सन्तान प्राप्तिको सम्बन्धी विज्ञता हासिल गरेको छ, जानकारी लिनुपर्छ। सामान्य स्त्रीरोग विशेषज्ञलाई भन्दा  सन्तान प्राप्तिको समस्या सम्बन्धी थप तालिम र विज्ञता प्राप्त चिकित्सकलाई हाम्रो प्रजनन प्रणालीबारे बढी जानकारी र कामको दक्षता हुन्छ। त्यसैले तपाईँले आफ्नो स्वास्थ्यमा सही परामर्श अपनाउन पहिले उचित चिकित्सक खोज्नुपर्ने हुन्छ। चिकित्सकमा तपाईँको मनोभावना र नि:सन्तानको समस्याले दिएको मानसिक यातना बुझ्ने र त्यही अनुरूप उचित counselling गर्ने क्षमता भएमा यसले तपाईँको बाँझोपन सम्बन्धी प्रश्न र चिन्तालाई समाधान गर्न सहयोग गर्दछ। त्यसैले चिकित्सकको counselling गर्ने क्षमतालाई पनि मध्यनजर गर्दै क्लिनिकको छनोट गर्दा तपाईँले समस्याको समाधान सजिलै पाउन सक्नुहुने छ।  

२. आधुनिक उपचार प्रविधि सँगै उदार र सहज वातावरण भएको क्लिनिक छान्नुहोस्: 

गर्भधारण गर्नको लागि शरीरको प्राकृतिक र स्वस्थ अवस्था महत्त्वपूर्ण छ। आधुनिक उपचार प्रविधिले तपाईँको उपचारलाई सुगम र आरामदायी बनाउँछ र सबैभन्दा सफल उपचार विधिमा पहुँच प्रदान गर्दछ। आधुनिक प्रविधिले तपाईँको प्रगतिलाई मापन गर्न र स्वास्थ्य स्थितिको सटिक मूल्याङ्कन गर्न पनि सहायता गर्छ। सहयोगपूर्ण वातावरण र आधुनिक प्रविधिको साथमा क्लिनिक छान्ने गर्ने बाँझोपन उपचारसँग सम्बन्धित तनाव र चिन्ता कम गर्न सकिन्छ, जसले अन्ततः सफलताको सङ्केत दिन्छ।

३. के-के आधुनिक प्रविधिहरू उपलब्ध छन्? यसको बारेमा जानकारी लिनुहोस्:

सन्तान प्राप्तिका समस्याहरूलाई प्राविधिक उपकरणहरूबाट निदान र उपचार गर्न सकिन्छ। कुन समस्यामा कुन प्रविधि प्रयोग गरिन्छ र त्यस्तो प्रविधिले के फाइदा पुर्‍याउँछ भन्ने जानकारी ध्यानमा राख्दा, आफूलाई उपचार प्रक्रियामा सजिलो बनाउन सहायता हुनेछ र उपचारको लागतको अनुमान पनि गर्न सकिनेछ।
 

४. क्लिनिकको सफलता दरलाई पनि विचार पुर्‍याउनुहोस्

प्रत्येक क्लिनिकको अलग आयाम र वातावरण हुन्छ। क्लिनिकमा जानु अघि, उक्त क्लिनिकले प्राकृतिक वा कृत्रिम तरिकाबाट सन्तान प्राप्तिका लागि कति जना दम्पतीलाई लाभ पुगाउँछ भन्ने कुरा थाहा पाउनुहोस्। क्लिनिकका प्रशंसा पत्र र सफलता कथाहरू पढेर वा भिडियो हेरेर आफ्नो छनोट विचार गर्न सक्नुहुन्छ। बाँझोपनको अवस्था देखि भिन्न भिन्न प्रकारको उपचार भएकोले, एउटा दम्पतीमा प्राप्त भएको सफल उपचार तपाईँमा पनि लागू हुनेछ भन्ने कुरा भने नसोच्नुहोस्। त्यस कारण, सफलता दरको अङ्कलाई आफ्नो सन्तान प्राप्तिको सम्भावनासँग तुलना गरेर हेर्नुहोस्।

५. व्यवस्थित र आधुनिक प्रयोगशाला भएको क्लिनिक रोज्नुहोस्:

क्लिनिकहरूमा आफैँ गएर अवलोकन गर्दा थाहा हुन्छ कि आधुनिक साथसाथै व्यवस्थित प्रयोगशालाको प्रावधान हरेक क्लिनिकमा भेटिँदैन। कैयौँ क्लिनिकमा सबै सुविधाहरू हुँदैन र सुविधा भए पनि उच्च गुणस्तरको सेवा नहुने कारणले नि:सन्तान समस्या सम्बन्धी समस्या पत्ता लगाउन कठिनाइ भइरहेको हुन्छ। त्यसैले प्रयोगशालाको व्यवस्थापन र अद्यावधिकताको अवलोकन गरी क्लिनिकको छनोट गर्नाले परीक्षण र उपचार प्रक्रियामा प्राविधिक गडबडीले समस्या निम्त्याउँदैन।

६. परीक्षण र उपचारको क्रममा अस्पतालले गर्ने हेरचाहको बारेमा बुझ्नुहोस्:

परीक्षण र उपचार चरणमा क्लिनिकले तपाईँको हेरचाह कसरी र कुन तरिकाले गर्छ, त्यसलाई ध्यान दिनुहोस्। गर्भधारण निकै संवेदनशील विषय हुने भएकोले क्लिनिकले सफाइ, कर्मचारीहरूको व्यवहार, समर्थन प्रणाली आदिलाई कस्तो छ भन्ने बारे जानकारी लिनुहोस्। उपचार चरणमा उचित हेरचाह पाउन सके गर्भधारण गर्न केही कठिनाइहरू आउँदैनन्।

७. नियमित भ्रमणको लागि सजिलो हुने गरी क्लिनिकको स्थानलाई पनि मध्यनजर गर्नुहोस्:

नि:सन्तान समस्या सम्बन्धी उपचार एक लामो प्रक्रिया हो। नि:सन्तानको हार्मोनल औषधोपचार वा IVF दुवैको सफलताको लागि तपाईँले चिकित्सकको योजना अनुरूप नियमित रूपमा भ्रमण गर्नुपर्छ। नियमित परीक्षण र उपचारको लागि सकेसम्म आफ्नो हालको ठेगाना नजिकमा पर्ने गरी क्लिनिकको छनोट गर्नुहोस्। यसले तपाईँलाई अस्पतालको तालिका अनुसार भ्रमण र औषधोपचार गर्न सहज हुन्छ।

८. आफूले गर्न सक्ने लागत अनुसार निर्णय लिनुहोस्:

कैयौँ दम्पतीले आर्थिक अवस्थाकै कारण नि:सन्तान उपचारको योजनालाई पूर्ण विराम लगाएका हुन्छन्। तर सबै औषधोपचार र परीक्षणको मूल्य एउटै हुँदैन। शरीरको परीक्षण पछि नै आफूलाई उपयुक्त उपचार विधिको बारेमा थाहा हुन्छ। उपचार केन्द्रको छनोट गर्नु अघि  र उपचार प्रक्रियामा खर्च हुने लागतको बारेमा जान्नुहोस् र दुई वा बढी क्लिनिकसँग तुलना गर्नुहोस्। तपाईँलाई उपयुक्त हुने गरी उपचारको लागत साथै सुविधाको गुणस्तरलाई पनि ध्यानमा राखी उपचारको योजनालाई अघि बढाउनुहोस्।

९. क्लिनिकले कसरी सुविधाहरू प्रदान गरिरहेको छ? जानकारी लिनुहोस्:

क्लिनिकमा कुन कुन सुविधाहरू उपलब्ध छन् र तपाईको विकल्पमा कुन कुन उपचार पद्दतिको आवश्यकता पर्छ, तुलना गर्नुहोस्। 

Nepal IVF ले नि:सन्तान उपचार अन्तर्गत विभिन्न सुविधाहरू जस्तै IVF, Surgical Sperm Retrieval, Intracytoplasmic Sperm Injection, Preimplantation Genetic Testing, Intrauterine Insemination, Laser Assisted Hatching जस्ता उच्च गुणस्तरीय सुविधाहरू उपलब्ध गराइरहेको छ। सँगसँगै सहज वातावरण र कम मूल्यका कारण Nepal IVF नि:सन्तान उपचारको एक भरपर्दो क्लिनिक हो। 

क्लिनिकको छनोट गर्ने तपाईको निर्णय र यस प्रक्रियालाई धैर्यतापूर्वक सामना गर्ने क्षमताले तपाईको जीवनबाट नि:सन्तानको बादल छिटै हट्ने सम्भावना राख्दछ।