असफल नि:सन्तान उपचार पछि पुन: सन्तान प्राप्तिको लागि कसरी तयार हुन सकिन्छ?
IVF, IUI वा अन्य प्रजनन उपचारको असफल प्रयासहरू सामान्यतया गर्भधारण गर्ने प्रयास गरिरहेका तर बाँझोपनको समस्याले कुनै न कुनै रूपबाट पीडित दम्पतीहरूले सामना गर्छन्। प्रजनन उपचारहरूले दम्पतीको आर्थिक अवस्थालाई मात्र नजर लगाउँदैन, शारीरिक र भावनात्मक तनाव पनि निम्त्याउँछ जुन सामान्यतया परिवार र नजिकका आफन्तले समेत बेवास्ता गरेको कुरामा धेरै दम्पतीले गुनासो पोख्छन्। धेरै दम्पतीहरूले व्यक्त गरेका छन्, असफल IVF वा IUI प्रयासले सबैभन्दा प्रिय व्यक्तिको वियोग जस्तै पीडा निम्त्याउँछ। तर सबैभन्दा नराम्रो पक्ष भनेको अरूले आफ्नो दु:ख नबुझ्नु हो।
असफल IVF पछि महिलाका भावनाहरू:
IVF असफलता पछि महिला वा दम्पतीले सामना गर्ने भावनात्मक अवस्थाको चरणहरू:
• अस्वीकृति - “रिपोर्ट गलत छ। म गर्भवती भएकै छु। अझै पनि म भित्र भ्रूण भएको महसुस गर्छु।”
• क्रोध - असफल IVF चक्रको सामना गर्दा प्राय: महिलाहरूलाई भगवान, डाक्टर, क्लिनिक वा आफैंमा रिस उठ्छ। किन मेरो नै IVF असफल भयो?
• पछुतो - मैले त्यस समयमा यो चिज नखाएकी भएँ, म आज गर्भवती हुने थिएँ। पछुतोले पनि धेरै महिलालाई लामो समयसम्म मानसिक रूपमा तनाव दिइरहेको हुन्छ।
• निराशा - असहायता र मूल्यहीनताको भावना चरम सीमामा हुनु पनि IVF असफलताको एक लक्षण हो।
o आशाहीनता - अब म कहिल्यै बच्चा जन्माउन सक्दिनँ।
o असहायता - मेरो जिन्दगीमा केही कुरा पनि ठिक तरिकाले चलेको छैन।
o मूल्यहीनता - मेरो जिन्दगी सधैँ अपुरो नै रहने भयो।
• स्वीकृति/ सान्त्वना - अब जे जस्तो परिस्थिति आए पनि एउटा चक्र असफल भैहाल्यो। अब दु:खी भएर मात्र के गर्न सकिन्छ र? निराशाको चरण पछि यो चरणसम्म आइपुग्न धेरै समय लाग्न सक्छ। तर समय दिएर भावनाहरुलाई विस्तारै व्यवस्थापन गर्दै यो चरणसम्म पुग्न सकिन्छ।
IVF चक्रको असफलताले दम्पतीलाई आफ्नो सपना, आशा र सामाजिक स्थितिमा समेत गिरावट आएको महसुस हुन्छ। तर यो पूर्णत: सत्य भने होइन।
IVF असफल भएपछि के गर्ने?
• तपाईको चक्र सफल नभएको दु:खद समाचारलाई समायोजन गर्न एक हप्ता वा सो भन्दा बढी समय दिनुहोस्।
• जब तपाई अबको प्रक्रियाको लागि तयार महसुस गर्नुहुन्छ, असफल IVF प्रयासबाट किन भएको हो र यो हुन नदिन के गर्नुपर्छ भनेर जान्नको लागि आफ्नो IVF विशेषज्ञसँग परामर्श गर्नुहोस्।
• IVF डाक्टरहरू परिवर्तन गर्ने वा अर्को IVF क्लिनिकमा स्विच गर्ने भन्ने कुरा एकदम सोच विचार पुर्याई निर्णय लिनुहोस् किनकि IVF कार्यक्रमहरू सबै ठाउँमा समान हुदैनन् र केहीले अरूको तुलनामा सफलताको लागि धेरै उच्च मौका दिन सक्छन्।
IVF असफल हुनुको कारण के हो?
भ्रूणको सफल स्थानान्तरण हुँदा हुँदै पनि IVF प्रक्रिया असफल हुनुको मुख्य कारण भ्रूणको असफल प्रत्यारोपण हो। तर यही कारण जुन सुकै बेला पनि औल्याउन उचित हुँदैन।
किनकि IVF असफल हुँदा त्यहाँ प्रत्यारोपणमा नै विफलता थियो, तर हामीलाई थाहा छैन कि प्रत्यारोपण गर्न विफलता भ्रूण सम्बन्धी समस्या वा गर्भाशय सम्बन्धी समस्यासँग जोडिएको छ। धेरैजसो प्रजनन विशेषज्ञहरू विश्वास गर्छन् कि ९५% भन्दा बढी IVF असफलताहरू भने भ्रूणको कमजोरीको कारण हुने गर्दछन्।
• भ्रूणमा समस्या प्रायः क्रोमोसोमल वा अन्य आनुवंशिक असामान्यताहरूको कारणले हुन्छ जसले तिनीहरूलाई सामान्य विकास र दिगो प्रत्यारोपण जारी राख्न धेरै "कमजोर" बनाउँछ।
• दुर्भाग्यवश, यी मुद्दाहरू प्रायः वर्तमान समयमा आम रूपमा ग्रहण गरिएको छैन। जबसम्म हामी पूर्व प्रत्यारोपण आनुवंशिक जाँच (PGS) गर्दैनौँ, भ्रूणमा पूर्व स्थानान्तरण के कस्तो आनुवंशिक स्थिति छ भन्ने कुरा हामी जान्न सक्दैनौँ।
IVF को दोस्रो चक्रसँग सफलता दरको सम्बन्ध:
दम्पतीहरूले प्राय: यो प्रश्नमा अल्झिने गर्दछन्। कोही पनि चाहदैन कि आफ्नो श्रम, धैर्यता र लागतले पहिलो पटकमा नकारात्मक परिणाम दिए पनि दोश्रो प्रयासमा सोही परिणाम आओस्। यद्यपि, यस विषयमा सटिक जवाफ भने छैन। धेरै दम्पतीहरूले दोस्रो IVF मा सफलता पाउने गर्दछन्। त्यसो हुने सम्भावना धेरै कारकहरूमा निर्भर गर्दछ, जसमा:
• महिलाको उमेर
• अण्डाको गुणस्तर र अण्डाको मात्रा
• शुक्राणुको गुणस्तर
• डिम्बग्रंथि उत्तेजना
• IVF प्रयोगशाला गुणस्तर
• अण्डा पुन: प्राप्तिमा कौशल चिकित्सकको र अण्डा प्राप्ति प्रक्रियाको समग्र दक्षता
• तपाईको IVF डाक्टर र अल्ट्रासाउन्ड उपकरण र प्राविधिकको भ्रूण स्थानान्तरणमा विशेषज्ञता
• प्राप्त अण्डाहरूको संख्या
• बाझोपनको कारण
• पाठेघरको समस्या
• भ्रूणको विकास दर
• भ्रूणको आनुवंशिक र क्रोमोसोमल क्षमता
सफल दोस्रो IVF को लागि सम्भावनाहरूलाई अधिकतम पार्नको लागि डाक्टरले माथिका मुद्दाहरूलाई सावधानीपूर्वक समीक्षा गरेको कुरा दम्पतीले सुनिश्चित गर्नुपर्छ। तपाईले IVF चक्रको बीचमा डाक्टरहरू परिवर्तन गर्ने बारे पनि विचार गर्न सक्नुहुन्छ।
उत्कृष्ट IVF कार्यक्रमको लागि निरन्तर लगनशीलता र दैनिक जीवन सुधारमा निरन्तर कार्यान्वयन आवश्यक छ। यो सजिलो छैन तर सन्तान प्राप्तिको सफलताको लागि एक निकै उत्तम प्राविधिक सुविधा हो।
IVF असफल भयो। अब के?
• दोस्रो IVF प्रयास, यसका सफलता दरहरू र गर्भधारणको सम्भावना बारे तपाईले IVF विशेषज्ञबाट तथ्यपूर्ण जानकारी संकलन गर्नुहोस्।
• यदि डिम्बग्रंथि उत्तेजना वा अण्डाहरूको संख्यामा कठिनाइहरू थिए भने - औषधिको परिमार्जन गर्ने विचार गर्नुहोस्।
• यदि स्थानान्तरणको लागि औसत वा राम्रो देखिने भ्रूणहरू थिए, तर कुनै पनि प्रत्यारोपण गरिएको छैन भने, उही वा फरक IVF क्लिनिकमा दोस्रो पटक IVF प्रयास गर्नुहोस्।
• डोनर स्पर्म, डोनर अण्डा वा डोनर भ्रूणको पनि विचार गर्न सक्नुहुन्छ। तर यसको निर्णय तपाई आफ्नो र आफ्नो परिवारको निजी प्राथमिकताको आधारमा मात्र गर्नुपर्छ।
• पाठेघरको पनि समस्या हुन सक्छ। पाठेघरको समस्या हुँदा प्रत्यारोपण असफलता लगभग हरेक पटक हुन्छ किनभने स्थानान्तरण गरिएका भ्रूणहरू प्रत्यारोपण गर्न र सामान्य विकास जारी राख्न शरीर उचित अवस्थामा थिएन। स्वस्थ गर्भाशय लगभग सधैँ भ्रूण प्रत्यारोपणको लागि ग्रहणशील हुन्छ।
समग्रमा, पहिलो IVF प्रयासको तुलनामा दोस्रो प्रयासको लागि IVF सफलता दरहरूको अंक राम्रो छ। राम्रो अण्डाको गुणस्तर भएका दम्पतीहरू आफ्नो पहिलो प्रयासमा गर्भधारण गर्ने सम्भावना बढी हुन्छ तर दोस्रो IVF प्रयासको लागि पहिलो असफल चक्रबाट धेरै कुराहरू सिकेर पहिले देखि नै स्वास्थ्य तथा दैनिक जीवनमा धेरै समायोजन गरेर अधिकतम सफलता हासिल गर्न सकिन्छ।